Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष प्रचण्डसहितको टिमले गर्यो कर्णालीमा र्याफ्टिङ

Citizenlife ad 2082 falgun to baishak 2083

बर्दिया । सति घाट आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीले राजापुर नगरपालिका तर्फ कर्णाली नदीमा र्याफ्टिङ गरेको छ। जनतासँग माओवादी तराई मधेस जनजागर अभियानको क्रममा बर्दियाको कार्यक्रम सकेर सुदुरपश्चिम प्रवेश गर्ने क्रममा अध्यक्ष प्रचण्ड र टोलीलाई राजापुरतर्फको क्षेत्रमा राजापुर पार्टीको आयोजनामा पर्यटकीय सम्भावनालाई उजागर गर्न र स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले र्याफ्टिङ गराइएको हो।

र्याफ्टिङअघि आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष प्रचण्डले कर्णाली नदी र सति घाट क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको उल्लेख गरे । उनले भने, “सति घाटको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यलाई प्रवर्द्धन गरेर यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सकिन्छ।”

Health Tips Ad Road Block