ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

वाईफाई नेपालले सार्वजनिक गर्यो डुअल ब्यान्ड राउटरसहित किफायती मूल्यमा १०० एमबीपीएस् इन्टरनेट

काठमाडौं । तीव्ररूपमा वृद्धि भइरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले आफ्नो सेवा दायरा थप विस्तार गर्दै उच्चगतिको १०० एमबीपीएस् फाइबर इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। अहिलेसम्म ५० एमबीपीएस् र ८० एमबीपीएस् इन्टरनेट सेवा प्रदान गर्दै ४०,००० भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको वाईफाई नेपालले अब बढ्‌दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस् इन्टरनेट प्याकेज ल्याएको जनाएको छ । जुन नेपाली घरपरिवार र साना व्यवसायहरूका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नयाँ १०० एमबीपीएस् योजनाका ग्राहकहरूले २४ महिनाको लागि मात्र रु. १५,७०७ र १२ महिनाको लागि मात्र रु.९,४६९ शुल्कमा लिन सक्ने कम्पनीले जनाएको छ ।

उल्लेखित मूल्यमा भ्याटसमेत समावेश गरिएको र अतिरिक्त कुनै शुल्क नलाग्ने र ग्राहकहरूले पूर्ण पारदर्शिता र उचित मूल्यमा सेवा पाउने कम्पनीको भनाइ छ ।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियार भन्छन्, ‘वाईफाई नेपालको लक्ष्य सधैं सबै नेपालीहरुलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो। आज हामी १०० एमबीपीएस् सेवा सार्वजनिक गर्न सफल भएका छौं। हामी समाजको बढ्‌दो डिजिटल आवश्यकता बुझ्दछौँ र सबैले बहन गर्न सक्ने मूल्यमा उच्च गुणस्तरीय फाइबर इन्टरनेट उपलब्ध गराएर त्यो खाँचो पूरा गर्न पाएकोमा गर्व महसुस गर्छौँ।’

वाईफाई नेपालले आफ्ना उ‌द्देश्यहरूलाई कायम राख्दै, गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा माध्यमबाट नेपाली व्यक्ति र साना व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। कम्पनीले सेवाको विश्वसनीयता र ग्राहक सन्तुष्टिको नयाँ स्तर निर्धारण गर्दै अगाडि बढिरहेको जनाएको छ।

Health Tips Ad Road Block