Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाली चियाको प्रबर्द्धनका लागि दिर्घकालीन सोच चाहिन्छ: मन्त्री अधिकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको बताएका छन् । २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री अधिकारीले विभिन्न चुनौतीहरुका बीच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको छ, यो चिया कृषक, मजदुर, उधोगी व्यवसायी, सहकारी र सरकारको सामूहिक प्रयासबाट सम्भव भएको हो , भने । मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन ,भारतसहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ भन्ने देखाएको मन्त्री अधिकारीले उल्लेख गरे ।

बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीहरुको सामना गर्नुपरिरहेको सुनिएको छ, आगामी दिनमा यी चुनौतीहरुको समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले बोर्डलाई निर्देशन दिए । मन्त्री अधिकारीले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको बोर्डलाई श्रोत साधन सम्पन्न बनाई, नितिगत समस्याहरुलाई फुकाउन मन्त्रालय तयार रहेको छ, भने । आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटनसँग जोड्ने र युवा तथा महिला उधमीलाई चियामा आकर्षित गर्ने गरि कार्यक्रम ल्याईने जानकारी मन्त्री अधिकारीले दिए ।

कार्यक्रममा बोर्डका अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सबैको सामूहिक प्रयासमार्फत नेपालको चियाले महत्वपूर्ण स्थान बनाएकाले आगामी दिनमा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Health Tips Ad Road Block