Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रुपाताल संरक्षणको कामलाई समयमै सक्न उर्जामन्त्री खड्काको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले रुपाताल संरक्षणको कामलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्  । सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज बिहान निरीक्षण गर्दै ताल संरक्षणको कामलाई तोकिएको भन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

“ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमै गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्,”– मन्त्री खड्काले भने । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालय लाग्ने मन्त्री खड्काको भनाई थियो ।

उक्त तालमा हाल सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले ५९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । १२२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल बाँध बाँधेपछि १८३ हेक्टरको हुनेछ ।

उक्त तालको वरपर पैदलमार्ग निर्माण गर्नका लागि एक हजार १०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ९०० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए।

उक्त तालको अनुगमनमा उर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधीसभा सदस्य विश्वप्रकाश शर्मा, कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधीसभा सदस्य जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुगेका थिए।

Health Tips Ad Road Block