काठमाडौं । आज (बुधबार)सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा पुगेको छ । मंगलबार मूल्य १ लाख ६४ हजार ७ सय रुपैयाँमा रहेको थियो ।
चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १९७५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।