काठमाडौं । नेपाली कांग्रेसले उद्यमशिलता र साना तथा मझौला व्यवसायीको उत्पादन प्रवद्र्धन गर्ने उदेश्यले नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन गरेको छ । कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा केन्द्रीय कार्यालय परिसर सानेपामा दुई दिने प्रदर्शनी भएको हो ।
कांग्रेस सभापति शेर बहादुर देउवाले प्रदर्शनीको सुरुवात गरेका हुन् ।
नयाँ नयाँ व्यवसाय थालेका उद्यमी व्यवसायीहरु प्रदर्शनीमा सहभागी भएका छन् । उनीहरुको उत्पादनलाई पवद्र्धन गर्ने मुख्य उदेश्य प्रदर्शनीको रहेको आयोजकले स्पष्ट पारेको छ ।
विभिन्न ८० स्टलमार्फत कांग्रेस परिसरमा प्रदर्शनी भइरहेको हो । प्रदर्शनीका दौरान विभिन्न ६ वटा सत्रमा साना तथा मझौला व्यवसायी र उनीहरुका विविध विषयमा विज्ञहरु र सरोकारवालाबीच छलफल गरी विविध समस्या समाधान गर्ने प्रयास पनि प्रदर्शनीमा गरिनेछ ।


निजी क्षेत्रमा प्रतिनिधिहरुले सहभागिता जनाएर प्रदर्शनीको सफलताको शुभकामना दिएका छन् ।























