Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको भृकुटीमण्डपमा सुरु भयो फेमिली एन्ड बेबी एक्स्पो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु भएको छ । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि एक्स्पो आयोजना गरिएको हो ।

बुधबार एक कार्यक्रमकाबीच अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले संयुक्त रुपमा एक्स्पोका उद्घाटन गरेका हुन् । ‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने स्लोगानका साथ इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनी उपलब्ध गराइएको छ । निशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्नेछन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहेको एक्स्पोमा ट्रिजर हण्ट, स्पीन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्नेछन् ।

अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरणमा घुलमिल गराउन एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता एक्स्पोको आकर्षणका रुपमा रहेका छन् । एक्स्पोका विभिन्न कृयाकलापमा सहभागी हुनेहरुलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिएका छन् ।

एक्स्पोमा आउने बालबालिका तथा अभिभावकको सहजताका लागि एक्स्पोस्थलमा ब्रेस्ट फिडिङ बुथ, चेन्जिङ बुथ लगायतका अत्यावश्यक सेवा समावेश गरिएको प्रधानले बताए । उनका अनुसार एक्स्पो अवलोकनकर्ताहरुले यस्ता सेवा प्रभावकारी भएको र अभिभावकलाई एक्स्पोमा आउँदा कुनै समस्या नहुने प्रतिकृया दिएका छन् ।

बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमुलक सेसनहरु पनि सञ्चालन भइरहेकाे एक्स्पोमा आमाबाबु र परिवारसम्बन्धी जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफका बारेमा जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन् ।

एक्स्पोमा जादु तथा सांगितिक मनोरन्जनात्मक प्रदर्शनीहरु पनि सञ्चालन भइरहेका छन् । यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए । माघ १९ गते शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टीम कार्टुन’ को विशेष प्रस्तुती रहनेछ ।

एक्स्पोलाई जार रेस्टुरेण्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कूल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेशन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एशियन एस्ट्रो फेडेरेशनले सहयोग गरेका छन् । त्यसैगरी एक्स्पोका सहयोगीहरुमा नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिविशन लाइट हाउस, लायन्स क्लब अफ काठमाडौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टूडियो, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो, ऐविवि अष्ट्रेलिया तथा वर्ल्डलिंक कम्युनिकेशन रहेका छन् ।

एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरञ्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ । बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Health Tips Ad Road Block