Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामाजिक सञ्जालको अराजकतामा रोक लगाउँदै सरकार, विधेयक संघीय संसदमा लैजाँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदसमक्ष पेस गर्ने भएको छ । माघ ७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृश्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उनले स्पष्ट गरेका हुन् ।

सरकारको सिफारिसमा यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि संघीय संसद्अन्तर्गतको दुवै सदनको अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरिसकेका छन् ।

Health Tips Ad Road Block