Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलको प्रमुख आतिथ्यतामा बिहीबार वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सव उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको दाबी गरे । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा लगाउन आग्रह गर्दै उनले औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे । उनले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरु बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिए ।

बैंकको ६० औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८१ विमोचन गरिएको थियो । ६० औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरे । त्यस्तै प्रमुख अतिथि पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन गरेका थिए ।

कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्ताव प्रति राष्ट्र बैंक उदार रहेको उनले बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको धारणा राखे । उनले यस बैंकले सुन खरीद बिक्री गर्ने कार्य समेत शुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै भर्खरै आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पुस २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराए ।

२०८१ पुस मसान्तमा बैंकको कुल निक्षेप रु. ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट रु.२ खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । उनले २०८१ पुस मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको बताए । उनले यसै आर्थिक वर्षबाट बैंकले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जाहरु मार्फत समस्त देसबासीमा आफ्नो सेवा विस्तार गर्ने र उत्पादन एवं स्वरोजगारलाई जोड दिई आय आर्जन वृद्धि गर्ने कार्यक्रमहरु ल्याएका छौं, भने । उनले बैंकले प्रविधिमा आधारित बैंकिङ्ग सेवालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सर्भिसलाई प्राथमिकताका साथ अगाडि बढाईरहेको बताए । नेपाल क्लियरिङ लिमिटेडद्वारा २०७९÷०८० मा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रुपमा यस बैंकलाई सम्मान गरिएको थियो भने सोही संस्थाबाट २०८०÷०८१ मा स्पेसल रिकोग्नाइजेशन फर डिजिटाइजिङ गभरमेन्ट ट्रान्जेक्सन २०८०÷८१ बाट सम्मान गरिएको उनले बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्की, बैंकमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना दिएका थिए ।
यसैबीच बैंकको ६० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रमको आयोजना गरिएको छ ।

बैंक सञ्चलक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको ६० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए । बैंकको केन्दीय कार्यालयबाट शुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा व्यानरसहित भद्रकाली, शहिदगेट, न्युरोडगेट, रत्नपार्क, राष्ट्रिय सभागृह मोड र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो ।

आज भन्दा ६० वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसँग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाख भन्दा बढी पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

Health Tips Ad Road Block