skip this News Page Tips Ad Road Block

पुस २७ देखि २०० जनाका लागि काठमाडौं बालाजुमा तीन दिन निःशुल्क भाषण कला प्रशिक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भाषण कला सिक्न चाहनेहरुका लागि मिडिया ठाँटी प्रालिले ३ दिन निःशुल्क प्रशिक्षण दिने भएको छ ।

पुस २७ गते शनिबार नेपाल टेलिभिजनका संयोजक गोविन्द धितालबाट भाषण कला प्रशिक्षण दिन लागेको कम्पनीले जनाएको छ । २०० जनाले निःशुल्करुपमा तालिम लिन सक्ने मिडिया ठाँटीले जनाएको छ । यसमा इच्छा भएको जो कोहीपनि सहभागी हुन सक्ने संस्थाले जनाएको छ ।

भाषण कला प्रशिक्षण पुस २७,२८ र २९ गरी ३ दिन संचालन हुनेछ । यसका लागि संस्थाको कार्यालय बालाजुमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block