skip this News Page Tips Ad Road Block

७ म्याग्निच्यूटको भूकम्पका कारण काठमाडौंमा ठूलो धक्का, मानिसहरु घरबाहिर, पराकम्प आउने हुँदा सतर्क हुनुपर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

 

काठमाडौं । काठमाडौंमा एकबिहानै भूकम्पको धक्का महशुश भएपछि मानिसहरु घरबाहिर सडकमा निस्किनुपरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्यूटको भूकम्प गएको हो । केही समय भूकम्पले कम्पन दिएपछि मानिसहरु आतिँदै सडकमा निस्किएका थिए । कतिपयले २०७२ सालको भूकम्प जस्तै डर लागेको भन्दै प्रतिक्रिया दिएर सडकमा निस्किएको बताए ।

भूकम्पको केन्द्र चीनको दिङ्ग्येमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरेको छ ।

भूकम्पका कारण क्षति कति भयो भन्ने विवरण भने आउन बाँकी छ । भूकम्पले काठमाडौंसहित रसुवा, मकवानपुर, काभ्रे, धादिङ लगायत आसपासका जिल्लाहरुमा धक्का महशुश भएको थियो । ठूलो भूकम्प गएपछि पराकम्पहरु आउसक्ने भएकाले सतर्क रहनुपर्ने विज्ञहरु बताउँछन् ।

Health Tips Ad Road Block