काठमाडौँ । मिस नेपाल २०२६ का अन्तिम २४ प्रतिष्पर्धिले काठमाडौंमा आफ्नो क्षमता र कला प्रस्तुत गरेका छन् । आयोजक ’दि हिडन ट्रेजर’ द्वारा बिहीबार ललितपुरमा आयोजित ’ट्यालेन्ट राउन्ड’ मा प्रतिष्पर्धिले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
मिस नेपाल २०२६ का लागि अन्तिम २४ जना प्रतिस्पर्धिले संगीत, नृत्य, वक्तृत्वकला, कविता, चित्रकलाका साथै अन्य विविध रचनात्मक विधामा आफ्नो विशेष क्षमता देखाएका थिए । प्रस्तुतिमार्फत उनीहरुले निर्णायक मण्डललाई प्रभावित पार्ने भरपुर प्रयास गरेका थिए ।
‘ट्यालेन्ट राउन्ड’ अन्तर्गत उत्कृष्ट प्रस्तुति दिने विजेताको घोषणा आगामी अगष्ट १ तारिख अर्थात् साउन १६ गते शनिबार पुल्चोकस्थित ’द प्लाजा’ होटलमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा गरिने आयोजकले जनाएको छ ।





















