skip this News Page Tips Ad Road Block

आन्दोलन स्थगित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंको आन्दोलन स्थगित भएको छ । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले उनले आन्दोलन गर्दै आएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उनलाई भेटेर माग पुरा गर्ने प्रतिबद्दता जनाएपछि आन्दोलनकर्मी नेत्र चापागाईँले सोमबार आफ्नो आन्दोलन स्थगित गरेका हुन् । मन्त्री भट्टराइले शिक्षा क्षेत्र सुधारका लागि प्रक्रियामा प्रवेश गरिसकेकाले शंका नगर्न अनुरोध गरेकी थिइन् ।

आर्थिक बर्ष २०८१र८२ बजेट तर्जुमा गर्दा अहिलेको सरकार नरहेका कारण सबै विषय सम्वोधन गर्न कठिन रहेको छ तथापि अहिले विपद् बाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका गर्न आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालय पेश भइसकेको बतइन् । संस्थागत विद्यालयमा सरकारले तोकेबमोजिम छात्रवृति दिनका लागि अनिवार्य गराइएको, स्थानीय तहहरूलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराईने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि उक्त समयमा मन्त्री भट्टराईले बताएका थिइन् ।

शिक्षामा अहिले देखिएका समस्याहरूको सुधार र यसबाट परिणाम आउन दिनका लागि सबैको साथ सहयोग आवश्यक रहेको कुरामा शिक्षा मन्त्रीले जोड दिएकी थिइन् । उक्त समयमा प्रतिनिधि सभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले नेपालको शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफलमा राखेको, अबको शिक्षाको मोडेल नेपालमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकोले सोही अनुसार शिक्षा ऐन ल्याउन नागरिकको धारणा समेत लिन खोजेको कुरा बताए ।

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।

Health Tips Ad Road Block