Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्टक ब्रोकर एशोसियसनमा सागर ढकाल विजयी, अरु को–को आए ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्टक ब्रोकर एशोसियसन अफ नेपालको भावी नेतृत्वको लागि सागर ढकाल विजयी भएका छन् ।

२३ बुँदे प्रतिबद्धतासहित चुनावी मैदानमा आएका ढकालले ८८ मतमध्ये ४५ मत प्राप्त गरी विजयी भएका हुन् । आज भएको निर्वाचनबाट ढकाल निर्वाचित भएका हुन् ।

ढकालका प्रतिष्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरे ।

एशोसियसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

 

 

Health Tips Ad Road Block