Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चालु आवमै आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य राखेको छ । सर्वोच्च अदालतमा शुक्रबार सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य सार्वजनिक गरिएको हो ।

अदालतले ८ वर्ष नाघेका मुद्दाहरु १५४ थान रहेको आगामी असार मसान्तभित्र यसलाई सक्ने योजना लिइएको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । सोहीअनुरुप मुद्दा फर्स्योटको काम भइरहेको उनले जानकारी दिए ।

संस्थागत सुधारमा जोड दिइएको बताउँदै उनले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा सुरु गरिएको पनि जानकारी दिए ।

Health Tips Ad Road Block