काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उजा र स्वास्थसम्बन्धी १६ वटा देशका वैज्ञानिकहरुको सहभागिता रहको काठमाडौंम आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनीलाई अभिनन्दन गरेका हुन् ।
गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति पाण्डेले कृतज्ञता व्यक्त गरेका थिए । मन्त्री पाण्डेले भने, ‘आज हामी एउटा विशेष सन्दर्भले जोदिएका छौं । हामी एक जना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दै छौं । चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङ को उपादी प्राप्त गरि सक्नु भएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिक भित्र पर्ने वैज्ञानिक हुनु हुन्छ ।
थप चर्चा गर्दै मन्त्री पाण्डेले भन्नुभयो, उहाँले ४७० भन्दा धेरै अनुसन्धान मूलक लेखहरू लेख्नु भएको छ उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ । साथै, पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलक रूपमा काम गर्नु हुने वैज्ञानि विङडिङ नेपालमा हार्दिक स्वागत गर्दछु ।’
मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्ध भिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे।
उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चीनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गरे ।
उनले कोरियाली एवं चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे ।
अभिनन्दन कार्यक्रममा विङडिङले नेपालीेहरु निकै आत्मीय रहेको भन्दै नेपाली विद्यार्थीहरुलाई आफू मातहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनीहरुलाई आफूसँग जोडिन दिन समेत आगह गरे । प्राध्यापक विङडयानको मातहतमा ११४ जना विद्यार्थीहरुले विद्या वारिधी गरिरहेका छन्।






















