Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नाराका साथ एनआरएनएको ग्लोबल सम्मेलन सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नाराका साथ एनआरएनएको ग्लोबल सम्मेलन–२०२४ काठमाडौंमा सुरु भएको छ । गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल गरिने एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ र प्रत्येक वर्ष अनिवार्य हुनु पर्ने वार्षिक साधारण सभा–२०२४ आयोजना भइरहेको हो ।

गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तरण तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने एनआरएनएले जनाएको छ । छलफल सहभागीमार्फत गैरआवासीय नेपालीहरुको एकै धारणा बनाउने अवसरका रुपमा समेत हेरिएको छ ।

संस्थागत सुशासन एवं संघको वार्षिक कार्यको समीक्षा र आगामी दिनका लागि संघका भावी लक्ष्य निर्धारणका लागि समेत वार्षिक सभा महत्वपूर्ण हुने एनआरएनएले जनाएको छ । गैरआवासीय नेपालीहरु, सरोकारका विषयहरु नेपाल सरकार समक्ष संस्थागत रुपमा जानकारी गराउन एवं गैरआवासीय नेपाली बीच भाईचारा र एकता जीवन्त बनाई रहन समेत ग्लोबल कन्क्लेभ र वार्षिक साधारण सभा कोशेढुङ्गा सावित हुने विश्वास संघले लिएको छ ।

नेपाल र नेपालीहरुले गैरआवासीय नेपालीहरुप्रति ठूलो अपेक्षा राखेको सन्दर्भमा गैरआवासीय नेपाली अभियानका क्रममा देखिएका मतभिन्नता र मतभेदलाई पारस्परिक छलफलबाट निराकरण गर्न सकिने विश्वास समेत लिइएको छ ।

सम्मेलन आज र भोलि दुई दिन हुनेछ ।

Health Tips Ad Road Block