Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अञ्जु श्रेष्ठ हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओ, जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएको कम्पनीले जनाएको छ ।

नवनियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले कम्पनीको सीईओको पदसम्म पुग्न सफल भएकी हुन् । सिईओको रूपमा उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले विश्वास लिएकाे छ ।

नियुक्तिको अवसरमा नवनियुक्त सीईओ अञ्जु श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, ‘हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्न हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारीबोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।’

कम्पनीका अध्यक्ष महेन्द्र श्रेष्ठले पनि आफ्नो विचार राख्दै भन,‘हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ।’

Health Tips Ad Road Block