Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वायुसेवा कम्पनीहरुलाई कालाबजारी ऐनअन्तर्गत कारवाही गर्न माग

यात्रुबाट बढी भाडा लिनेहरुबाट फिर्ता गराउन माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अनुचित तरिकाले बढी भाडा लिइ दुःख दिने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले साविकको हवाइ भाडाभन्दा चार गुणासम्म बढी भाडा असुलेको र त्यसलाई फिर्ता गराउन राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको ध्यानाकर्षण गराएको हो ।

असहिष्णुता र असंवेदनशीलता देखाउँदै बाढीपहिरोका कारण सडक पुल बिग्रेको, भत्केको वा बगाएको अवस्थामा वैकल्पिक यात्राको रुपमा रहेको हवाइ यात्रालाई अत्यन्त महँगो मूल्य तिर्न बाध्य बनाएको निवेदनमा उल्लेख छ ।

अध्यक्ष प्रेमलाल महर्जनद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाल सरकारको आग्रह र निर्देश समेतलाई लत्याई आश्विन १३, १४, १५ र १६ गते साविकको हवाइ भाडा भन्दा दुगुना तिनगुणा लिई उपभोक्ता ठग्ने वायुसेवा कम्पनीहरुलाई कालोबजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन, २०३२, उपभोक्ता संरक्षण ऐन, २०७५ र नागरिक उडड्यन ऐन, २०७३ को दफा १२ विपरित काम गरी नेपालको संविधान २०७२ को धारा ४४ ले दिएको नागरिकको मौलिक हक हनन हुने गरी काम गरेको हुँदा अनुचित व्यापारिक कृयाकलाप गरी संगठित रुपमा हवाइ भाडा बढाइ यात्रु (उपभोक्ता) लाई शोषण गरेकोमा हदैसम्म कारबाही गर्न र यात्रुबाट अनुचित तरिकाले बढि लिएको हवाई भाडा तत्काल सम्बन्धीत वायुसेवा कम्पनीहरुबाट सम्बन्धीत यात्रुहरुलाई फिर्ता दिलाई पाउनको लागि सम्माननीय प्रधानमन्त्रीज्यूमा आग्रह गर्ने राष्ट्रिय उपभोक्ता मन्चको मिति २०८१।०६।१८ गते बसेको बैठकले निर्णय भएको व्यहोरा अनुरोध गर्दछुं ।’

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तत्काल आवश्यक कारवाहीको लागि निर्देशन दिन र उपभोक्ता अधिकार संरक्षित गरिदिन पनि पत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।

Health Tips Ad Road Block