काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ ।
मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।