Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सबै अस्पताललाई आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् ।

मन्त्री पौडेलले भनेका छन्, “देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गर्दछु ।”

मन्त्री पौडेलले औषधि उपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपतकालीन औषधी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गरेका छन् ।

उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

Health Tips Ad Road Block