skip this News Page Tips Ad Road Block

फुडमाण्डुको ‘बडा धमाका’क्याम्पेन सुरु, ५० प्रतिशतसम्म छुट

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन, यस बडा दशैंमा झनै ठूलो हुने कम्पनीले जनाएको छ ।

बडा धमाका क्याम्पेनअन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन् ।

यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भनिन्, “हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।”

बडा धमाका क्याम्पेन बिहीबारदेखि सुरु भएको हो । यो क्याम्पेन असोज २३ सम्म चल्नेछ । ग्राहकहरुले अब परिवार र साथीभाईसँग, फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block