skip this News Page Tips Ad Road Block

तरकारीमा विषादीको प्रयोग न्यूनीकरण गर्न किसानलाई कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले तरकारीमा विषादीको अत्याधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकउत्सव कार्यक्रममा मन्त्री अधिकारीले विषादी न्यूनीकरणका लागि किसान दाजुभाईलाई मन्त्री अधिकारीले आग्रह पनि गरे । किसान र सम्बन्धीत निकायबीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले बताए ।

किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका उनले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन नसक्ने बताए ।

आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको बताए ।

किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।

Health Tips Ad Road Block