काठमाडौं । सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको हो ।
गत शुक्रबारको तुलनामा मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।