Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्ज हटाउने सरकारी तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले डिजिटल माध्यममार्फत मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्ज हटाउने तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा आफूले सरोकारवालाबीच छलफल गरिरहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले ओलीले मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझाव आइरहेको भन्दै जाजरकोटका अबिन बिकेले राखेको सुझाव फेसबुकमा राख्दै साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा आफू छलफलमा रहेको बताएका हुन् ।

‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सय–पचास रुपैयाँका कारोबार दिनमा ५–६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०–७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला ?’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

उनले भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’

Health Tips Ad Road Block