कास्की । लागूऔषध कारोबार गरेको अभियोगमा राश्वपाका समानुपातिक तर्फबाट पूर्व सांसदसमेत रहेका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
कास्की प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो । कास्की जिल्ला अदालतबाट अनुमति लिएर प्रहरीले डा. श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनले पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन गरिरहेका छन् । गत साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापा मगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिएका थिए । थापा मगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ परेका थिए ।
राश्वपाका पूर्वसांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट हटाएको थियो ।