काठमाडों । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोर्डको सीईओका लागि आवेदन माग गरेको थियो । उनी यसअघि भूकम्पपछिको पुननिर्माणका लागि गठित राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीईओ समेत थिए ।
उनको कार्यकाल चार वर्षको रहनेछ ।