काठमाडौं । संयुक्त अरब ईमिरेट्स (युएई) मा अवैधानिकरूपमा युएईमा रहेका आप्रवासी कामदारका लागि युएईले दुई महिना समयसीमा दिएर आममाफी (एमनेष्टी–२०२४) योजना लागु गरेको छ । सेप्टेम्बर १ तारिखदेखि लागू यस योजना अन्तर्गत कुनै पनि कारण हुन गइ गैरकानुनी तवरबाट युएईमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई कानुनी दायरामा ल्याउन समय सीमा तोकी आममाफी घोषणा गरिएको हो ।
तोकिएको योजनामार्फत विभिन्न कारणले कामको सिलसिलामा वा भिजिट भिषामा आइ यूएईमा अलपत्र परेका नेपालीहरूले लाभ लिन सक्नेछन् । नेपाली दूतावास आबुधाबीले नेपालीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै आममाफी प्रक्रियाबाट स्वदेश फर्किन वा पुनः युएईमा वैधानिक बनेर बस्न चाहने नेपालीलाई समयमै सम्पर्कमा आएर अवसरको फाइदा उठाउन भनेको छ ।
सम्पूर्ण सूचना तलको विज्ञप्तिमा पढ्नुहोस्