api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

एससीटीले ल्यायो ‘तिर्की दाउ : ट्रायल अफर’ ७७७ रुपैयाँसम्मको क्यास ब्याक

काठमाडौं । नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभदीपावलीलाई लक्षित गरेर स्मार्ट चोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले ‘तिर्की दाउ : ट्रायल अफर’ सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत एससीटी यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएस्मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससीटी यूपीआइ डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् । ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी यूपीआइ डेबिट कार्ड प्रयोग गरेमा १११ रुपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै सात वा सोभन्दा धेरै कारोबार गर्दा ७७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।

हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुने कम्पनीले जनाएको छ । त्यसैगरी भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । अफरको विस्तृत विवरण र सर्त तथा बन्देजहरु एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहिसेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ।

Health Tips Ad Road Block