ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

ईन्जिनियर्स एसोसिएसन निर्वाचनमा देश दौडाहामा उम्मेदवार, आशावादी अध्यक्षका उम्मेदवार बराल

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको पूर्वसन्ध्यामा लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेदवार ईञ्जिनियर सुवासचन्द्र बरालले चुनावी दौडाहा तीव्र पारेका छन् । लोकतान्त्रिक समूहबाट साझा उम्मेदवार बनेका बराल टिमसहित अहिले देश दौडाहामा छन् ।

देश दौडाहामा सकारात्मक प्रतिक्रिया

चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म ईञ्जिनियरमाझ अन्र्तक्रिया गरेका बराल अहिले सुदुर पश्चिम तथा कर्णाली दौडाहामा छन् ।
ईञ्जिनियरहरुसँगको अन्तक्रिया गर्दै अघि बढिरहेका बराल प्राप्त प्रतिक्रियाबाट आशावादी देखिएका छन् । धनगढीमा भएको कार्यक्रममा ईञ्जिनियरहरुको बाक्लो सहभागिता रहेको थियो ।

स्थानीय तहको प्रमुख प्रशासकीयमा ईञ्जिनियर

आफैं कुशल ईञ्जिनियर बराल आफू मात्र नभएर अब समग्र ईञ्जिनियरहरुको समग्र वृत्ति विकासको मुदद लिएर मैदानमा उत्रेका छन् । ‘ईन्जिनियरिङ समुदायको समुन्नति, दशकको दृष्टिकोण’ नाराका साथ लोकतान्त्रिक समूहको नेतृत्व गरेर देश दौडाहामा उत्रिएका ईञ्जिनियर बरालले देशमा बढिरहेको ईञ्जिनियरिङ जनशक्तिलाई राज्यले थप बढी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने मुद्दा समेत उठाएका छन् । देशैभर छरिएर रहेका स्थानीय तहले विकास निर्माणमा महत्वपूर्ण काम गर्ने भएकाले ईञ्जिनियरलाई समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरी व्यवस्था गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् । यसका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने उनको प्रतिबद्धता छ ।

साथै प्रदेश समितिलाई बढी अधिकार दिने र स्थानीय तहसम्मै ईञ्जिनियर प्रशिक्षण अघि बढाउनेसमेत बरालको योजना छ । यसले प्रदेश र स्थानीय तहसम्मै नेतृत्व विकास र अवसर दिलाउन सकिने उनको विश्वास छ ।

राज्यका विकास योजनामा ईञ्जिनियरिङ सकेकालाई अवसर

अहिले देशैभर ईञ्जिनियर उत्पादन भइरहेको छ । तर, कतिपयले रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको छ । अध्यक्ष उम्मेदवार बराल नयाँ ईञ्जिनियरहरुलाई सरकारका विकास योजनाहरुमा संलग्न गराएर रोजगारी र क्षमता अभिवृद्धिमा सघाउने योजनाका साथ मैदानमा छन् । भर्खरै ईञ्जिनियरिङ पढाइ सकेर बसेकाहरुलाई सरकारका विकास योजनामा संल्गन गराउन सकिन्छ, उनी भन्छन्, ‘यसले एकातिर ईञ्जिनियरहरुको क्षमता र रोजगारीको अवसर बढ् भने राज्यलाई पनि सहज र सुलभ जनशक्तिको प्राप्ति हुन्छ ।’ यो विषयलाई आफू निर्वाचित भएपछि दृढताका साथ लैजाने बराल बताउँछन् ।
बरालले स्थानीय तथा प्रदेश तहका विकास योजनाको वृद्धि तर इञ्जिनियरहरुको कामको चापलाई समेत सम्बोधन हुने गरी दुवै तहमा ईञ्जिनियर जनशक्ति वृद्धिका लागि राज्यका तहहरुसँग पहल गर्ने योजना समेत लिएका छन् । ‘अहिले प्रदेश र स्थानीय तहमा विकासका कामको चाप छ, उनी भन्छन्, ‘एकातिर ईञ्जिनियरको अभाव छ भने अर्कोतिर दक्षले रोजगारी नपाइरहेको अवस्था छ । यो अब हट्नुपर्छ ।’ उनले यसो भएमा विकासका कामसमेत प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

सिभिल ईञ्जिनियरिङका क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका बरालसँग थालेका काममा ९९ प्रतिशत सफलता मिलेको अनुभव छ । यसपाली नेपाल ईञ्जिनियरिङ एसोसिएसनको कार्य समितिका लागि ३४ औं केन्द्रीय कार्यकारिणी समितिको नेतृत्वका लागि प्रष्ट र प्रभावकारी योजना, सक्षम टिम उर्जासहित चुनावी मैदानमा उत्रिएका बराल यो अभियानमासमेत सफल हुनेमा विश्वस्त देखिएका छन् ।

Health Tips Ad Road Block