skip this News Page Tips Ad Road Block

सरकारले जलन भएका बिरामीको निशुल्क उपचार गर्ने

काठमाडौं । सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने सम्बन्धमा सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि जलनको उपचार निःशुल्क हुने मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने र त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिनेछ ।

जलन उपचारको प्रयोजनका लागि सरकारी अस्पताललाई प्राथमिक र सेकेन्डरी तहमा छुट्याइने र त्यसमध्ये प्राथमिक तहका अस्पतालका रूपमा जिल्ला अस्पताललाई मानिने छ । जलन भएका सामान्य सर्जरी गर्नुपर्ने बिरामीलाई जिल्ला तहमै उपचार गरिने छ भने धेरै जलन भएको अवस्थामा जिल्ला अस्पतालले केन्द्रीय तथा प्रादेशिक अस्पतालमा रिफर गर्ने छन् ।

७७ वटै जिल्लामा प्राथमिक तह निर्धारण गरेर जलनका बिरामीको उपचार हुने मन्त्रालयले जनाएको छ ।

Health Tips Ad Road Block