काठमाडौं । काठमाडौंको बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि असार १० गते, बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
गत भदौको जेन्जी आन्दोलनका कारण बन्द भएको सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउन लागेको हो ।
स्टोरले भोलिदेखि दैनिकरूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिएका छन् ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत रहेको सुपर स्टोले जनाएको छ ।
पुनः संचालनको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै सुपर स्टोरले आगामी दिनहरूमा समेत सबैको साथ रहने अपेक्षा गरेको छ ।





















