skip this News Page Tips Ad Road Block

पिपिए भइ निर्माणाधिन जलविद्युत र सौर्य आयोजनाका विवरण यो हप्ताभित्र प्राधिकरणमा पुझाउनुपर्ने, नत्र कारवाही हुने !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाका प्रवद्र्धक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण यो हप्ताभित्र पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालयको विद्युत् व्यापार विभागले एक सूचना जारी गर्दै निर्माणसँग सम्बन्धित प्रगति विवरण, निर्माण सम्पन्न हुने अनुमानित समय र परियोजनाको वर्तमान अवस्थाबारे अद्यावधिक जानकारी उपलब्ध गराउन भनेको हो ।

प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र प्रगति विवरण पेश नगरेमा पीपीए सम्झौता गरेअनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिइएको छ ।

निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्न र समस्याहरु एवं विद्युत उत्पादनको अवस्थाबारे जान्न पनि प्राधिकरणको यो सूचना आएको बुझाइ छ ।

आयोजनाहरुले आयोजना निर्माण सम्बन्धि प्रगति प्रतिवेदन कम्तिमा चौमासिक रुपमा प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

Health Tips Ad Road Block