skip this News Page Tips Ad Road Block

एमसीसी नेपाल कम्प्याक्टको सडक मर्मतअन्तर्गत एचडिएम-4 तालिम आयोजना

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । एमसिए-नेपालले एमसीसी नेपाल कम्प्याक्टको सडक मर्मत आयोजना अन्तर्गत सडक विभागलाई उपलब्ध गराएको प्राविधिक सहायता अन्तर्गत एचडिएम-4 तालिम आयोजना गरेको छ।

तालिमले तथ्याङ्क विश्लेषणका लागि सफ्टवेयरको प्रयोग, सडक मर्मतका लागि योजना निर्माण, सडक सम्पत्तिको व्यवस्थापन र तथ्याङ्कमा आधारित सडक मर्मत प्राथमिकिकरणबारे सहभागीहरूको सीप अभिवृद्धि गरेको बताइएको छ।

उक्त तालिममा सडक विभाग, इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) र एमसिए-नेपालका प्राविधिक कर्मचारीहरूको सहभागिता थियो।

एमसिए-नेपालले प्राविधिक क्षमता सुदृढीकरण गरी सडक सञ्जालको प्रभावकारी मर्मत योजना तर्जुमा गर्न सहयोग गर्दै आएको छ।

Health Tips Ad Road Block