api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

सामाजिक सञ्जाल नियमन गर्ने कानुन बनाउँदै सरकार

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार गरिरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका हुन् ।

काठमाडौंमा गुरुङ सम्पदा पदमार्गको शुभारम्भ तथा नक्सा सार्वजनिक गर्दै डिजिटल अर्थतन्त्रलाई बढावा दिने पक्षमा सरकार रहेको गुरुङले बताए । मन्त्री गुरुङले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा यस क्षेत्रको योगदान बढाउने गरी काम भइरहेको बताए ।

यसका लागि चाँडै नै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर संसद्मा पेस गरिने उनको भनाइ छ । चालु आर्थिक वर्ष भित्रमै कानुन निर्माण गरिसक्ने उनको भनाइ छ ।

मुलुकमा साइबर सुरक्षासम्बन्धी ठुल्ठूला समस्या रहेको बताउँदै उनले सूचना प्रविधि कानुनसँग ‘मर्ज’ गरेर साइबर सुरक्षासम्बन्धी कानुन ल्याउन लागिएको जानकारी दिए ।

Health Tips Ad Road Block