काठमाडौं । नेपालको लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर लिएर आएको छ ।
यो सिमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ को छुट पाउनेछन् । साथै २.२५ लिटरको प्याक भने मात्र रु.२५० मा खरिद गर्न सकिनेछ जसको खास मूल्य रु. २७० रहेको कम्पनीले जनाएको छ ।
२ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ । उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपर मार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्ने कम्पनीको भनाइ छ ।