Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आँखुखोला हाइड्रोको १ बराबर १.५ अनुपातमा हकप्रद खुला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आज (साउन २७ गते) देखि १० कित्ता बराबर नयाँ १५ कित्ता अर्थात् १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ । त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ।

 

Health Tips Ad Road Block