काठमाडौं । पायल्स रोग मलद्धार अर्थात् गुँदद्धारसँग सम्बन्धित रोग हो । दिसा गर्दा मलद्धारबाट रगत आउने, दुख्ने सुन्निने, मलद्धारमा मासु पलाउने र डल्लोजस्तो गाँठो आउने, चिलाउने लगायतका विषय यो रोगसँग सम्बन्धीत लक्षण हो । कतिपय यो वंशाणुगत समस्या भएपनि पछिल्लो समय धेरै चिल्लो पिरो र मसलेदार खानाका साथै अस्वस्थ खानाका कारण धेरै मानिसहरु पायल्स रोगको शिकार बनिरहेका छन् । बालबच्चाहरुलाई घरको स्वस्थ खानेकुरा भन्दा बढी जंक फुड खुवाउने कारण पनि बाल बच्चाहरु नै पायल्स रोगको शिकार भइरहेका पाइन्छन् । यसैगरी उपचारका लागि गोप्य अंग देखाउनुपर्ने समस्याका कारण कतिपयले यो रोगलाई लुकाएर राख्ने कारण समस्या बढ्दै गएको पनि पाईने गरेको चिकित्सकहरुले बताएका छन् ।
धेरैलाई सताइरहेको पायल्स रोगका लक्षणहरुः
१. ट्वाइलेटमा धेरै समयसम्म बस्दा पनि दिसा थोरै मात्रामा आउनु ।
२. गुदद्वारमा काँडा विझेजस्तै गरी चसक्क–चसक्क चस्किनु ।
३. गुदद्वार फुल्नु, चिलाउनु अनि रगत आउनु ।
४. शरीरबाट रगत बगेको कारण मानिसको अनुहार पहेंलो देखिनु ।
५. कमजोर हुनु अनि रिडटा लाग्नु ।
पायल्स रोग भएको अवस्थामा कस्तो खानेकुरा खाने ?
१. फलफूलमा बेल, अनार, काँचो नरिवल, केरा, अमला खाने ।
२. तरकारीमा घिरौंला, परवर, टमाटर, गाँजर, पालुङ्गोको साग खाने ।
३. हरेक दिन बिहान साँझ खानासँग मुला खाने ।
४. दिउँसो नियमितरुपमा मेवा खाने ।
५. करेलाको रस, दहीको लस्सी बनाएर खाने, नुनको मात्रा मिलाएर खाने ।
६. रगत जाने समस्या भएमा धनियाँको रसमा मिश्री मिसाएर खाने ।
७. पानी अत्याधिक मात्रामा पिउने ।
कस्तो खानेकुरा नखाने ?
१. तात्तातो, पिरो अनि मसलाको मात्रा बढी भएको खानेकुरा कहिल्यै नखाने ।
२. बासी भएको मासको दाल, माछा, मासु, अण्डा, चना, अमिलो खानेकुरा नखाने ।
३. भन्टा, आलु, डिब्बा बन्द गरेर राखेको कुनै पनि चिज नखाने ।
४. धेरै मात्रामा कफी, चिया, रक्सी, सुर्ती, स्वास्थ्यलाई हानी पुरÞ्याउने पदार्थ नखाने ।
पायल्स रोगबाट बच्ने उपाय र यसलाई निको बनाएर स्वास्थ्य बन्ने उपायः
१. आफ्नै पिसाबले गुदद्वारलाई धुने ।
२. हप्तामा एक पटक एनिमा अवश्य लगाउने ।
३. सुत्नुभन्दा अगाडी तोरीको तेल औंलाले २÷३ पटक गुदद्वारभित्र लगाउने ।
५. शारीरिक व्यायाम गर्ने ।
६. साइकल धेरै नचलाउने ।
४. बिहान मर्निङ वाक गर्ने ।
७. धेरै व्यक्तिसँग सम्भोग नगर्ने ।
८. पिसाबको वेगलाई नरोक्ने ।
(हामीले हाम्रो घरको डाक्टर किताबबाट यो सामम्री प्रस्तुत गरेका हौं ।)