काठमाडौं । आज र भोलि देशव्यापी मुसलधारेदेखि मध्यम वर्षा हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक आइपुगेको हुनाले दुई दिन देशव्यापीरुपमा मुसलधारे पानी पर्ने विभागले उल्लेख गरेको हो ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको विभागले जनाएको छ ।
विभागले दुई दिन देशका विभिन्न जिल्लामा अति भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । मौसविदहरुले अति भारी, भारी र मध्यम वर्षाको वर्गीकरणसहित जारी बाढी पहिरोलगायतका विपत्विरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न समेत सचेत गराइएको छ ।
भारी वर्षाका कारण काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर सहित ३७ जिल्ला डुबानमा पर्नेसक्ने भएकाले आवश्यक तयारी गरिराख्न भनिएको छ । सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न विभागले सबैलाई आग्रह् गरेको छ ।