skip this News Page Tips Ad Road Block

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन सम्पन्न

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन साउन १९ गते शनिबार सम्पन्न भएको हो।

जसमा चर्चित गायक आनन्द कार्की, अन्तर्राष्ट्रिय कोरियोग्राफर तथा मोडल रोजिन शाक्य, गीतकार एवं समाजसेवी सत्यकला लामा, रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव तथा अटाईर बाई सृष्टिकी संस्थापक सृष्टि त्रिपाठी र गीतकार एवं समाजसेवी सत्यकला लामा र मिस गुरुङ्ग ईन्टरनेशनल पाचौं श्रृंखलाकी फर्ट रनर अप तारा गुरुङ्ग निर्णायक रहेका थिए । ग्लोरी टिन एण्ड किड्स ट्यालेण्टसको दोस्रो ग्राण्ड अडिसन भदौं १ गते गरिने ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

नेपाल टेलिभिजनबाट बाल कार्यक्रमदेखि हास्य टेलिश्रृङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समूहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन ।

प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन् ।

Health Tips Ad Road Block