api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँले बढाएको छ । निगमले मट्टितेल र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ ।

भारतीय आयल कर्पाेरेशनले पठाएको नयाँ मूल्यसूचिअनुसार पेट्रोलमा ४ रुपैयाँ ४८ पैसा र डिजेलमा २ रुपैयाँ ८३ पैसाले बढेर आएकोले मूल्य बढाउनुपरेको निगमका प्रवक्त मनोज ठाकुरले जनाएका छन् ।

बढेको मूल्य सोमबार राति १ बजेदेखि लागु हुनेछ ।

मूल्य बढेपछि १६७ रुपैयाँ तिर्दै आएका ग्राहकले अब पेट्रोल प्रतिलिटर १७१ रुपैयाँमा पाउनेछन् । यस्तै डिजेल/मट्टितेलको तेस्रो वर्गको मूल्य १५७ बाट बढेर १६० रुपैयाँ पुगेको छ ।

Health Tips Ad Road Block