काठमाडौं । ठमेल पर्यटन विकास परिषद्, ठमेल काठमाडौंको अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन् । परिषद्को २८ औं र २९ औं वार्षिक साधारण सभापछि भएको निर्वाचनबाट ५६२ मत प्राप्त गरी अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । २०८१ असार ३१ गते सम्पन्न निर्वाचन र साउन १ गते बिहान साढे १ बजे सम्पन्न निर्वाचन मत परिणामअनुसार अध्यक्षका प्रत्यासी भविश्वर शर्माले ४५० मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।
परिषद्को उपाध्यक्षहरुमा सहदेव धमला (६१८), राजिव पाण्डे (७४९) र श्रीकृष्ण थपलिया(५२१) मत पाएर विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी चेतनाथ पूडासैनीले (४५७) मत मात्र पाए । महासचिवमा बद्री प्रसाद तिमल्सिना (६५५) मतसहित विजयी भए । उनका प्रत्यासी सोजेशमान मालाकारले (३२४) मत पाए ।
सचिवमा पुण्यराम लागेजु (६६०) मतसहित विजयी भएको निर्वाचन अधिकृत उमादेवी प्रसाइँले जानकारी दिईन् । अर्का सचिवका प्रत्यासी दिलिप कँडेल (मिलन)ले (२६५) मत पाए । कोषाध्यक्षमा प्रकाश थपलिया निर्विरोध निर्वाचित भएका हुन् ।
परिषद्को सदस्यहरु ८ जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचन अधिकृतका अनुसार सदस्यहरुमा कोपिला सिंखडा (५७४), रोशन अधिकारी (५७४), कुमार नेपाली (५३७), विनोद श्रेष्ठ (५२९), अमृत थोकर लामा (५०६), सानुकाजी महर्जन (५१८), रमेश विश्वकर्मा (४५३) र बढी प्रसाद अर्याल (४३३) मत पाएर विजयी भएका छन् । सदस्यका प्रत्यासीहरु पूर्ण प्रसाद चौलागाईँ(४१९), रंजय मान प्रधान (३९७), नविन तामाङ (३१५), सुदर्शन खनाल(४००), जनक सिंह तामाङ (२७२) र लालवान चौधरी (४०१) मतमा खुम्चिए ।