Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री ओलीको पहिलो निर्णयः कीर्तिपुर क्रिकेट मैदानलाई तीन सय दिनमा सुविधासम्पन्न रंगशाला बनाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय दिनमा कीर्तिपुर क्रिकेट रंगशालालाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका छन् । सामाजिक सञ्चालमा ‘पहिलो निर्णय– क्रिकेट रंगशाला’ लेख्दै प्रधानमन्त्री ओलीले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।’

सोमबार मात्रै २२ सदस्यीय मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ लिएका थिए ।

Health Tips Ad Road Block