ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

आजदेखि बजारमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेलमा रु पाँच रुपैयाँले मूल्य बढाएको हो ।

निगमले हवाई इन्धन, एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखेको छ ।

निगमले तय गरेको नयाँ मूल्य आजदेखि लागु हुने विज्ञप्तिमार्फत निगमले जनाएको छ ।

Health Tips Ad Road Block