api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभाले अभिमन्यु गोल्छाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको प्रथम उपाध्यक्षमा आप्पा शेर्पा, द्धित्तीय उपाध्यक्षमा अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरूमा क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल लगायत चयन भएका छन् ।

नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आ–आफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

Health Tips Ad Road Block