Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आयात धेरै हुने सूचिमा विद्युतीय सवारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विद्युत्को उत्पादन र चार्जिङ स्टेसनको सहजता बढ्दै जान थालेपछि पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दै गएको तथ्याँकले देखाएको छ । बजारमा पूर्वाधार विस्तार र यसको जानकारी पनि पर्याप्त हुन थालेपछि नेपालीको मोहपनि यसप्रति बढ्दै गएको भन्सार विभागको पछिल्लो तथ्याँकले देखाएको हो ।

विभागले हालै सार्वजनिक गरेको चालु आव २०८०/८१ को एघार महिना अर्थात् जेठसम्मको तथ्याँकलाई आधार मान्दा यो अबधिमा करिब २९ अर्ब रुपैयाँ बराबरको विभिन्न प्रकारका विद्युतीय सवारी आयात भएको देखिएको छ । यो तथ्याँकसँगै विद्युतीय सवारीसाधन नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको १० भित्र परेको छ ।

विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ५० किलोवाटदेखि एक सय किलोवाट क्षमताका १९ अर्ब ६७ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरेको छ । यसमा चारपाँग्रे सवारीसाधन अन्तर्गत कार, जिप, भ्यानलगायतलाई वर्गीकरण गरिएको छ । त्यस्तै ५० किलोवाट क्षमतासम्मका ८ अर्ब १६ करोड रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ ।

१०१ किलोवाटदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन ९५ करोड, २०१ किलोवाटदेखि तीन सय किलोवाटसम्म २० करोड, तीन सय किलोवाटभन्दा माथिको सवारी भने केवल एक करोड २७ लाख रुपैयाँको आयात भएको विभागको तथ्याँकमा उल्लेख छ ।

यसरी हेदाए सबैभन्दा धेरै आकर्षण ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको क्षमतासहितका विद्युतीय सवारीसाधनमा भएको पाइन्छ ।

कुल आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै चीनबाट करिब २१ अर्ब रुपैयाँको सवारी आयात भएको छ । त्यसपछि भारतबाट छ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी आयात भएको छ । यसबाहेक दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनी, अमेरिकाबाट पनि विद्युतीय सवारी आयात भइरहेको देखिन्छ ।

 

Health Tips Ad Road Block