Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा शुक्रबार सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रा.लि. दुई तारे सुविधा सम्पन्न होटल हो। ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन्। होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्ने गरि होटललाई स्तरोन्नती गरिहेको छ। आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ। थप संस्थापक शेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई शेयर जारी गरी पूँजीको ब्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी गराएका छन् ।

होटलको हालको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलार्इ शेयर निष्काशन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि। ले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ। नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यवसायिक परामर्श दिने कम्पनी हो। छोटो अवधिमा यसले स्वदेशी र विदेशी उद्योगपति व्यवसायीलार्इ परामर्शदाताको सेवा दिन सफल भएको कम्पनीको दाबी छ ।

Health Tips Ad Road Block