काठमाडौं । एसआइआइपिएल ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रुपमा नेपाली बजारमा भित्र्याएको छ। बुधबार काठमाडौंमा औपचाकि कार्यक्रम गरी सेलिब्रेटी इन्फ्लुएन्सर एसआइआइपिएलका अध्यक्ष सौरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अलि (सेल्स मार्केटिंग तथा सप्लाई चेन) ज्योती ग्रुपका कर्मचारी र विभिन्न व्यापारिक क्षेत्रका अतिथिहरुको माझ आइसक्रिम औपचारिक बिक्री वितरण सुरुवात गरिएको जानकारी दिइएको हो ।
क्वालिटी आइसक्रिम, भारतको ग्रभिस समूह अन्तर्गत प्योर आइसक्रिम द्वारा उत्पादित एक प्रतिष्ठित ब्राण्ड हो। सन् १९७७मा संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्राण्डको रुपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सले गर्दा विश्वभरके आइसक्रिम पारखीहरुको रोजाईको ब्राण्ड बनेको कम्पनीको दाबी छ।
गत वर्षको अक्टोबरदेखि देशभरका डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरूमा उपलब्ध कलिटी आइसक्रिमले हालै आफ्नै किओस्क र कार्टहरु संचालन गरी आफ्नो विशिष्ट स्वादहरूले गर्दा नेपालमा निरन्तर रूपमा लोकप्रियता पाइरहेको सो अवसरमा जानकारी दिइएकोे थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्योर आइसक्रिमका सेत्स मार्केटिंग तथा सप्लाई चेनका भाइस प्रेसिडेन्ट मजहर अलिले नेपाली उपभोक्ताहरुको बदलिँदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाई तथा अन्तर्राष्ट्रिय आइसक्रिम फ्लेभरको बढ्दो बजार मागलाई सम्बोधन गर्दै विभिन्न अन्तर्राष्ट्रिय फ्लेभरका आइसक्रिमहरु भित्र्याएको जनाए।
साथै एसआइआइपीएल नेपालका अध्यक्ष सौरभ ज्योतीले नेपालमा क्वालिटी आइसक्रिमलाई प्राप्त गरेको स्वागत उत्साहजनक रहेको र आगामी वर्ष भित्र देशव्यापी रूपमा दुई सय स्थानहरूमा विस्तार गर्ने योजना बताएसँगै नेपालभरका इच्छुक व्यवसायहरूबाट पार्लर कार्ट आउटलेटहरुमा लगानी र सहकार्यलाई स्वागत गरिने जानकारी दिए।
विस्तार योजना अन्तर्गत प्रमुख नेपाली सहरहरूमा विभिन्न २०० आउटलेट, डिपार्टमेन्टल स्टोर्स, शपिंग सेन्टर र रेस्टुरेन्टहरुमा आकर्षक कि ओस्क र कार्टहरू राखि क्वालिटी आइसक्रिमलाई देशभरका आइसक्रिम प्रेमीहरूको पहुँचमा पुर्याउने योजना रहेको पनि कम्पनीले जनाएको छ।
क्वालिटीले पिस्ता, फ्रूट, सलाद, म्याङ्गो, मलाई, पिस्ता, कुल्फी र कुकीज एण्ड क्रिम जस्ता अन्य धेरै उत्कृष्ट फ्लेभरहरू सहित स्टिक, कप र टबहरूमा अन्तर्राष्ट्रिय स्वादहरू बिक्री गर्दै आएको जनाएकाे छ।