skip this News Page Tips Ad Road Block

पशुपतिनाथको भेटी चोरी प्रकरणः

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायव सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ बस्ने ३४ वर्षका बाजा बजाउने कर्मचारी अनिल परियार, कागेश्वरी मनोहरा वडा नम्बर ९ बस्ने ३५ वर्षका बाजा बजाउने कर्मचारी कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १२ का २९ वर्षीय बाजा बजाउने कर्मचारी सञ्जय कपालीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई भने तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धानपछि जेठ ३२ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जेठ ३२ गते काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

Health Tips Ad Road Block