Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तेस्रो मनास्लु एसईई कप बास्केटबल प्रतियोगिता सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नयाँ बजारमा अवस्थित मनास्लु स्कुल/कलेजमा तेस्रो मनास्लु एस इ इकपबास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । असार १ गते सुरू भएको प्रतियोगिता २ गते सम्पन्न भएको हो ।

एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ १४ वटा टिम सहभागी भएकोमा छात्रतर्फ आयोजक मनास्लुले प्रथम स्थान हासिल गरेको थियो भने रेडियन्ट स्कुलले द्वित्तीय स्थान हासिल गरेको थियो । त्यस्तै छात्रातर्फ जेएसए टिमले प्रथम र थन्डर स्ट्राइक टिमले द्वित्तीय स्थान हासिल गरेका थिए ।

निकै उत्साहजनक रूपमा सञ्चालन भएको उक्तप्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयरको उपाधी छात्रतर्फ बिक्की स्याङ्बो र छात्रातर्फ सराह डंगोलले प्राप्त गरे ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रू १५,००० र ट्रफी र द्वित्तीय हुने टिमले रू १०,००० र ट्रफी प्राप्त गरेका थिए । उक्त प्रतियोगिताको समापन गर्दै कलेजका सिइओ नरेश प्रसाद श्रेष्ठले बास्केटबल प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना भए छात्रवृत्ति प्रदान गरिने बताए । बास्केटबल प्रशिक्षक शैलेस श्रेष्ठको संयोजकत्वमा संचालन भएको बास्केटबल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख आतिथ्यता नेपाल बास्केटबल संघ (नेबा)का महासचिव नरेन्द्र थापाको रहेको थियो । समापन समारोहमा कलेजका कार्यकारी निर्देशक जे.वि दवाडी, प्राचार्य सुचिता शाक्य, कार्यक्रम निर्देशक कविराज अंगाइ, कार्यक्रम संयोजक नविन शाक्य, माध्यमिक तह संयोजक एवम् परीक्षा प्रमुख नवराज भट्ट एवम् प्रशासकीय अधिकृत सुमन खनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

Health Tips Ad Road Block